काठमाडौं - ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले बाह्रौं वार्षिक साधारण सभा बोलाएको छ । सभा माघ २१ गते आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको हो ।
उक्त सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको वासलात तथा असार मसान्त्तसम्मको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका सम्बन्धित अनुसूची छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, आव २०७८/०७९ को लागि लेखापरीक्षकमा नियुक्त भएका छितिज शर्मा एण्ड एशोसियट्सका लेखापरीक्षक छितिज शर्माको नियुक्ति तथा पाश्रिमिक अनुमोदन गर्ने र संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट २ जना संचालक नियुक्त गर्ने सभाको एजेण्डा रहेको छ ।
कम्पनीले माघ ५ गतेदेखि माघ २१ गतेसम्म बुकक्लोजको मिति तोकेको छ । जसअनुसार पुष ४ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन पाउनेछन् ।
प्रतिक्रिया