एक घण्टामै नेप्सेमा ६९ अंकको वृद्धि, मध्य भोटेकोशीको शेयरमूल्यमा सकरात्मक सर्किट

४ बर्ष अगाडि

काठमाडौं-साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से) कारोबारको पहिलो घण्टामै उच्च अंकले बढेको छ ।

आज कारोबारको सुरुवात देखि नै उकालो लागेको नेप्से परिसुचक १२ बजेसम्म आइपुग्दाँ ६९.११ अंकले बढेर २९२६.८६ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २१७ कम्पनीको ५२ लाख ९७ हजार ३८८ कित्ता शेयर ३० हजार १०५ पटकको खरिदबिक्रीमा २ अर्ब ९३ करोड ४३ लाखको कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनी मध्ये मध्य भोटेकोशीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु. ४१७.१० पुगेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया