काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकिय मूल्यांकनको आधारमा मुनाफामा समित हुने सम्पूर्ण बीमालेखहरुका लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले २०७७ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।
कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ६३ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६४ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउनेछन् ।
सावधिक तथा आजीवन बीमा योजनामा न्युनतम ६४ रुपैयाँ देखि ६५ रुपैयाँसम्म बोनस पाउनेछन् ।
यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम ६३ रुपैयाँ देखि ६४ रुपैयाँ सम्म कम्पनीले बीमितलाई बोनस वितरण गर्नेछ ।
प्रतिक्रिया