एशियन लाइफद्धारा दुई लाख २० हजार मृत्यु दाबी रकम भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं - एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मुगुले वार्षिक अग्रिम भुक्तानी अन्तर्गत जिल्लामै पहिलो पटक ड्राफ्ट चेकमार्फत मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । 

एसियन लाइफ इन्सोरेन्यान्स कम्पनी उप शाखा मुगुमा वार्षिक अग्रिम भुक्तानी प्याकेजमा बिमा गराएका छायानाथ रारा नगरपालिका९८ टोप्लाका २५ वर्षीय टोपबहादुर विष्ट गत २६ असोजमा पिना बस दुर्घटनामा परी मृत्यु भएपछि मृतकको मृत्यु दावी रकम उनकी श्रीमतीलाई दुई लाख २० हजार २०० रकम हस्तान्तरण गरिएको एसियन लाइफ इन्स्योरेयान्स मुगुले जनाएको छ । 

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक अग्रिम  भुक्तानी बिमाअन्तर्गत वार्षिक १३ हजार रुपैयाँ बुझाउने शर्तमा तीन वर्षको अवधिमा ३९ हजार जम्मा गरी वार्षिक अग्रिम  भुक्तानी बिमा गराएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया