शेयर बजारमा रौनकता : २९०० को बिन्दुमा उक्लियो नेप्से

४ बर्ष अगाडि

काठमाडौं-साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक २९ सयको बिन्दुमा उक्लिएको छ । 

आज कारोबारको सुरुवातदेखि नै उकालो लागेको नेप्से कारोबार सुरु भएको १८ मिनेटमै २९०२.१२ बिन्दुमा पुगेको छ । परिसुचक ४४.३८ अंकले बढेको हो ।

सो अवधीसम्म कारोबारमा आएका १८० कम्पनीको १३ लाख ८० हजार ६४५ कित्ता शेयर ८ हजार २६७ पटकको कारोबारमा ८० करोड बढीको कारोबार भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया