प्रि ओपन सेसन : साढे १५ अंकले बढ्यो नेप्से

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन(आइतबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५४.१२ अंक बढेर २८५७.७५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.६६ अंक बढेर २८७३.४२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७७ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १८ कम्पनीको ५६ लाख २५ हजार ८२२ रुपैयाँ ७९ पैसा बराबरको ११ हजार २०२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ वटै कम्पनीको शेयरमूल्य बढेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया