काठमाडौं-गत साता नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक ६ प्रतिशत बढेको थियो। अघिल्लो साता २६९२.४७ विन्दुमा बन्द भएको नेप्से, गत साता १६५.२८ अंक अर्थात ६.१४ प्रतिशत बढेर २८५७.७५ विन्दुमा बन्द भएको थियो।
यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा ३१०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, यस साता ओरालो लागेमा भने २६०० विन्दुमा टेवा पाउने देखिन्छ।
यस साता नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ भने यी दुई बीचको दूरी क्रमशः बढ्दै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।
यस साता पनि नेप्सेले साप्ताहिक रुपमा बुलिश मारुबोजु नै बनाएको छ जसले सो साता बिक्रीकर्ता माथि खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।
नेप्सेसँगै गत साता भोल्यूम पनि बढेको छ। गत साता नेप्सेको दैनिक औषत भोल्यूम ७ अर्ब १३ करोड रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ७६ करोड रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ४९.७८ प्रतिशत बढी हो।
गत साता १३ वटै उपसमूहको परिसूचक बढेका थिए। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १६.९४ प्रतिशत बढेको थियो। अघिल्लो साता २२३९.४१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता ३७९.३७ अंक बढेर २६१८.७८ विन्दुमा पुगेको थियो।
यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २८०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा २४०० विन्दुमा टेवा पाउने देखिन्छ।
यस उपसमूहको ५ दिने इएमए पनि २० दिने इएमएभन्दा माथि रहेको छ। र यी दुई बीचको दूरी बढ्दै गएको छ। यसले बजारमा वित्त कम्पनीहरुमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।
साताको अन्तिम कारोबार दिन फाइनान्सले बुलिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।
प्रतिक्रिया