नेपालले पठायो अफगानिस्तानलाई १२ टन मानवीय सहायता

४ बर्ष अगाडि

काठमाडौं - नेपाको तर्फबाट झन्डै १२ टन मानवीय सहायता बोकेर परराष्ट्र मन्त्रालय नेतृत्वको टोली अफगानिस्तान उडेको छ । लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री बोकेर हिमालयन एयरलाइन्सको विमान काबुल उडेको हो ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काका अनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी अन्र्तगत अफगानिस्तानलाई मानवीय सहयोग सामग्री पठाईएको हो । नेपालबाट पठाएको उक्त सामग्री संयुक्त राष्ट्र सङ्घको कार्यालयका प्रतिनिधिमार्फत हस्तान्तरण गरिने छ ।

नेपालको इतिहासमा पहिलो पटक यसरी हवाईजहाजमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग पठाईएको मन्त्री खड्काको दाबी छ । अन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिकोणबाट यो एक महत्वपूर्ण मिसन र अभियान भएको बताउँदै उनले यस अभियानमा संयुक्त राष्ट्र सङ्घ, नेपालका उद्योगी, व्यापारी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतको ठूलो सहयोग रहेको उल्लेख गरे । 

यस सहयोग अभियानमा सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्री निःशुल्क रुपमा प्राप्त गरी पठाईएको जनाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया