काठमाडौं - बीमा समितिको लेखा शाखाले बीमा समितिलाई बुझाउनुपर्ने शुल्क दुई छुट्टा छुट्टै खाता सञ्चालनमा ल्याएको छ । बीमा समितिको लेखा शाखाले सूचना प्रकाशन गर्दै उक्त जानकारी दिएको हो ।
सुचना अनुसार बीमक कम्पनी, बीमा अभिकर्ता तथा सर्भेएरले शुल्क बुझाउँदा नबिल बैंक र सबै प्रकारको धरौटी खाताको लागि ग्लोबल आईएमई बैंकको खाता नम्वर प्रयोग गर्नु पर्ने भएको छ ।
साथै समितिले दुवै बैंकको खाता नम्वर सार्वजनिक गर्दै सोही खाताहरुमा रकम जम्मा गरेको भौचर लिई समितिको लेखा शाखाबाट भौचर कटाएपछि मात्रै सेवा प्रवाह हुने जनाएको छ ।

प्रतिक्रिया