काठमाडौं - आँधिखोला लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाबीच मर्जर भाँडिएको छ । गत शुक्रबार सम्पन्न भएको आँधिखोला लघुवित्तको बार्षिक साधारणसभाले मर्जर प्रस्ताव अस्वीकृत गरेसँग भाँडिएको हो ।
सो बार्षिक साधारणसभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष नरेश केसीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदनलाई सभाले छलफलसहित पारित गरेको छ । सभाले २० प्रतिशत बोनस सेयर स्वीकृत गरेको छ । यसका लागि राष्ट्र बैंकको स्वीकृति लिइने छ ।
अन्य सबै प्रस्तावहरु पारित गरेको भएपनि मर्जरमा जाने प्रस्ताव भने अस्वीकृत भएसँगै भाँडिएको हो । सभापछिको बैठकले नरेश केसीलाई नै पुनः अध्यक्ष चयन गरेको छ । आँधिखोला लघुवित्तले दुई प्रदेशका ११ जिल्लामा १९ कार्यालयमार्फत कारोबार गर्दै आएको छ ।
प्रतिक्रिया