काठमाडौं - एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा भएको तीन लघुवित्त वित्तीय संस्था र एक कम्पनीको संस्थापक शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री खुला गरेकोे छ । कम्पनीले आरएमडिसी लघुवित्त, मेरो माइक्रोफाइनान्स, महुली लघुवित्त र नागरिक लगानी कोषको संस्थापक शेयर बिक्रिमा ल्याएको हो ।
बैंकले आरएमडिसी लघुवित्तको ३ लाख ६५ कित्ता, मेरो माइक्रोफाइनान्सको ८३ हजार ८२९ कित्ता, महुली लघुवित्तको ११ हजार २५४ कित्ता र नागरिक लगानीको कोषको ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो।
सो शेयर खरिदका लागि आज अर्थात माघ २ गतेदेखि माघ ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । आरएमडिसी लघुवित्तको संस्थापक शेयरको न्यूनतम मूल्य ४९४ रुपैयाँ तोकिएको छ । त्यसैगरी, मेरो माइक्रोफाइनान्सको न्यूनतम मूल्य ४८४ रुपैयाँ, महुली लघुवित्तको ६४० रुपैयाँ र नागरिक लगानी कोषको न्यूनतम मूल्य ११८३ रुपैयाँ तोकिएको छ । शिलबन्दी बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ।
लगानीकर्ताले एनआईसी एशिया क्यापिटल, बबरमहलमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
प्रतिक्रिया