११ खर्ब ८० अर्ब ६० करोड राजश्व उठाउने लक्ष्य, ६ महिनामा ५ खर्ब ४२ अर्ब ५ करोड ४५ लाख संकलन

४ बर्ष अगाडि

काठमाडौं - सरकारले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ४७.५७ प्रतिशत स्रोत व्यवस्थापन गरेको छ । सरकारले चालु वर्षमा ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ उठाउने लक्ष्य राखेकोमा पुस मसान्तसम्ममा ५ खर्ब ४२ अर्ब ५ करोठ ४५ लाख राजश्व उठाइसकेको छ ।

यसअवधिमा कर राजस्व ४६.२६ र गैरकर राजस्व ४२.६७ प्रतिशत उठेको छ । यसबीच सरकारले लक्ष्यको २३.१७ प्रतिशत अनुदान प्राप्त गरेको छ । सरकारले यो वर्ष ५९ अर्ब ९१ करोड अनुदान प्राप्त गर्ने लक्ष्य राखेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया