फूडमाण्डु डटकममा डोल्मा इम्प्याक्टले ४ मिलियन डलर लगानी गर्ने

४ बर्ष अगाडि

काठमाडौं - फुड डेलिभरी गर्ने ई–कमर्श कम्पनी फूडमाण्डु डटकममा डोल्मा इम्प्याक्टले ४६ करोड रुपैयाँ (४ मिलियन डलर) लगानी गर्ने भएको छ । डोल्मा र फुडमाण्डूबीच उक्त लगानी गर्ने सम्बन्धी प्रारम्भिक पत्र (एमओयू)मा हस्ताक्षर भएको हो ।

हाल फुडमाण्डूले काठमाडौं उपत्यकासहित पोखरामा समेत अनलाईनमार्फन फुड डेलिभरी गर्दै आएको छ । डोल्माको लगानीपछि फुडमाण्डूले देशभर सेवा विस्तार गर्ने योजना बनाएको छ ।

नेपालमा लगानी गर्ने लक्ष्यसहित स्थापना भएको डोल्मा इम्प्याक्ट फण्डले यसअघि ई–कमर्श कम्पनी सस्तोडिलमा समेत लगानी गरेको थियो । यससँगै सहरी क्षेत्रमा कार्गो सेवा दिने उपायमा समेत इम्प्याक्टले लगानी गरिसकेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया