पञ्चकन्या माई हाइड्रोपावरको साधारण सभा सम्पन्न

४ बर्ष अगाडि

काठमाडौं - पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको चौथो, पाँचौं तथा छैठौं गरी ३ वर्षको वार्षिक साधारण सभा सम्पन्न भएको छ  । 

सभाबाट ४ वर्ष अविधिको लागि प्रतिनिधित्व गर्न ४ जना (१ जना महिला समेत) कम्पनीको संचालक सदस्यहरुमा संस्थापक शेयर धनी समुह–“क”को तर्फबाट प्रेम बहादुर श्रेष्ठ, नितिशा श्रेष्ठ, ध्रुब कुमार श्रेष्ठ र उदिप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । 

कम्पनीको आ.व. २०७५/०७६ र आ.व. २०७६/०७७ को लेखापरीक्षण एन.ए.आर.एस. एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट नवराज लामिछानेले र आ.व. २०७७/०७८ को डि. कुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट दिपेन्द्र कुमारले तयार पारेको लेखापरीक्षकको प्रतिवेदनहरुलाई सर्वसम्मतीबाट स्वीकृत गरिएको छ । 

साथै कम्पनीको आ.व. २०७८/०७९ को लेखापरीक्षण गर्न डि. कुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउण्टेन्ट श्री दिपेन्द्र कुमारलाई लेखा परीक्षक नियुक्त गर्ने निर्णय गरिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया