काठमाडौं- आरएमडीसी लघुवित्तको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले ३० प्रतिशत लाभांश पारित गरेको छ । सभाले संचालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित २० प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
सभाले प्रस्तुत विवरण अनुसार संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा संचालन मुनाफा रु. ३१ करोड १० लाख आर्जन गरेको छ । उक्त साधारण सभाले भिम प्रसाद तिमल्सिना र मुरली प्रसाद शर्मालाई सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा आगामी ४ बर्षकोे लागि निर्विरोध चयन गरेको छ ।
प्रतिक्रिया