काठमाडौं,अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई सहुलियत व्याजदरमा साढे ४६ अर्ब रुपैयाँभन्दा बढी ऋण दिने निर्णय गरेको छ । जनवरी १२ मा बसेको कोषको कार्यकारी वोर्डको बैठकले नेपालले माग गरे अनुसार विस्तारित कर्जा सुविधा ९ईसीएफ० अन्तरगत सो कर्जा उपलब्ध गराउने निर्णय गरेको हो ।
आइएमएफका बोर्ड बैठकले ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको कर्जा स्वीकृति दिएको हो जुन अहिलेको विनिदर दर अनुसार नेपाली रुपियाँमा ४६ अर्ब ७१ करोड रुपियाँ हुन आउँछ ।
आईएमएफले आफ्ना सदस्य राष्ट्रहरुको लागि एसडीआर सुविधाको कोटा तय गर्ने गरेको छ । नेपालले प्राप्त गर्न लागेको सो ऋण सुविधा कोटाको १८० प्रतिशत हो । स्वीकृत कर्जा रकममध्ये ११ करोड डलर ९१२ अर्ब ९८ करोड रुपैयाँ० नेपालले तत्कालै पाउने छ । करिब १३ अर्ब नेपाली रुपियाँ नेपालले तत्काल पाउने छ । यो एसडीआर कोटाको ५० प्रतिशत हो । यो रकम बजेट फाइनान्सिङ सुविधा अन्तरगत प्राप्त भएको हो । यो सुविधामा पाउने रकम सरकारले आवश्यक ठानेको क्षेत्रमा खर्च गर्न पाउने छ । बाँकी रहेको २८ करोड ५९ लाख अमेरिकी डलर (३३ अर्ब ७३ करोड रुपैयाँ) ३८ महिनाभित्रमा प्रयोग गर्न पाउने छ ।
प्रतिक्रिया