काठमाडौं - बीमा कम्पनीहरुलाई कोरोना महामारी फैलिएसँगै सतकर्ता अपनाउन बीमा समितिले निर्देशन दिएको छ । समितिले कम्पनीहरुलाई ५ बुँदे निर्देशन दिएको हो ।
समितिले कोरोना महामारी तीव्र रुपमा फैलिएसँगै बीमा कम्पनीहरुलाई संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न तथा गराउन एकमुष्ट रुपमा निर्देशन दिएको हो । कम्पनीहरुले कार्यालयमा उपस्थित कर्मचारी तथा सेवा ग्राहकहरुमा कोभिड संक्रमण जोखिमलाई कम गर्न भौतिक दुरी कायम गरी कार्य गर्ने वातावरण मिलाउन निर्देशन दिइएको छ ।
त्यसैगरी, तालिम तथा गोष्ठी जस्ता कार्यक्रमहरु सम्भव भएसम्म भर्चुअल माध्यमबाट सञ्चालन गराउन र कोरोना विरुद्धको खोप लगाउन बाँकी रहेका कर्मचारीहरुलाई अनिवार्य रुपमा खोप लगाउने व्यवस्था मिलाउन समितिले कम्पनीहरुलाई निर्देशन दिएको हो ।
प्रतिक्रिया