काठमाडौं - १० किलो लागुऔषध चरेससहित एक महिलालाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेकी छिन् ।
नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा प्रहरीले रौतहट पिपरीया परोवा नगरपालिका–९ बङ्कुल टोल बस्ने ४२ वर्षीया रन्जु देवीलाई वीरगञ्जबाट प्रहरीले पक्राउ गरेको हो ।
रन्जुको साथबाट प्रहरीले लागुऔषध चरेस बरामद गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । रन्जुले चरेसको प्याकेट बनाई शरीरका विभिन्न भागमा लुकाएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया