काठमाडौं - मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष २९ गते सम्पन्न तेह्रौं वार्षिक साधारण सभाबाट आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त भएको हो ।
कम्पनीले सो आवको लागि लेखापरीक्षणसम्बन्धि सम्पूर्ण कार्य गर्नको लागि किन्जल एण्ड एशोसियट्स चार्टर्ड एकाउन्टेन्टस्, मोरङ्गलाई निजको पारिश्रमिक १ लाख ६० हजार ९कर सहित० निर्धारण गरी नियुक्त गरेको हो ।
साथै मन्जुश्री फाइनान्सको पुष २९ गते सम्पन्न १४औं वार्षिक साधारण सभाले आव २०७८।०७९ को लागि बाह्य लेखापरीक्षकमा पि एल आर जि एशोसियट्स चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ ।
प्रतिक्रिया