काठमाडौं, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कञ्चनपुर शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका–५ का मृतक बीमित राम प्रसाद चौधरीकी श्रीमती बुधन चौधरीलाई उनको घरमै गएर मृत्यु दावी भुक्तानी वापतको २ लाख १४ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
बीमित चौधरीले मिति २०७६ साल मंसिरमा २ लाख रुपैयाँ बीमाङ्कको बीमा गराएका थिए । उनले बीमाशुल्क बापत दुई किस्ता वापतको ४१ हजार ९७२ रुपैयाँ मात्र बुझाएका थिए । उनको बिरामी भई उपचारको क्रममा गत मंसिर १६ गते मृत्यु भएको थियो ।
प्रतिक्रिया