वोमी र सूर्योदय लघुवित्त मर्जरमा जाने अन्तिम सम्झौता,कुनको चुक्ता पुँजी कति ?

४ बर्ष अगाडि

काठमाडौं-वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाबीच आपसमा गाभ्ने गाभिने अन्तिम सम्झौता भएको छ ।

दुबै लघुवित्तबीच पुस २९ गते दिउँसो अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

दुबै लघुवित्तबीच भदौ १५ गते एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।

वोमी लघुवित्तको हाल चुक्ता पूँजी ४१ करोड १९ लाख रहेको छ भने सुर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ।

दुबै लघुवित्तले १ बराबर १ अनुपातमा मर्ज हुने प्रस्ताव सहित साधारण सभा बोलाइसकेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया