गुडविल फाइनान्सद्धारा लेखा परीक्षक नियुक्त, पारिश्रमिक २ लाख २५ हजार

४ बर्ष अगाडि

काठमाडौं - गुडविल फाइनान्स लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले चालु आवको लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको हो ।

कम्पनीको पुष २९ गते सम्पन्न २७औं वार्षिक साधारण सभाले आव २०७८/०७९ को लागि बाह्य लेखापरीक्षकमा बिआर एस न्यौपाने एण्ड कम्पनीको पार्टनर ज्ञानेन्द्र बहादुर भारीलाई निजको पारिश्रमिक २ लाख २५ हजार रुपैयाँ (भ्याट समेत) तोकेर नियुक्त गरेको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया