मिथिला लघुवित्तको २५ प्रतिशत लाभांश पारित

४ बर्ष अगाडि

काठमाडौं, धनुषाको ढल्केवरमा रहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडको १३ औं बार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । 

संस्थाका सञ्चालक समितिका अध्यक्ष श्यामप्रसाद साहको अध्यक्षता र नेपाल राष्ट्र बैंक जनकपुर शाखाका प्रमुख निरा ताल्चाभँडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको तेह्रौं साधारण सभाले चारवटा साधारण र छवटा विशेष प्रस्तावहरु पारित गरेको छ ।

वौवा होटल लालगढ, धनुषामा भएको १३ औं साधारण सभाले २०७८ असार मसान्तसम्म कायम रहेको चुक्तापुँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । 

साथै यस सभाले हाल कायम रहेको जारी पूँजीको ६० (प्रतिशत) संस्थापक शेयरधनी समूहको र ४०(प्रतिशत) सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व रहेकोमा सो संरचना ५१(प्रतिशत) संस्थापक शेयरधनी समूहको र ४९ (प्रतिशत )सर्वसाधारण शेयरधनी समूहको शेयर स्वामित्व हुने गरी पूँजीको संरचना परिवर्तन गर्ने सम्बन्धी पनि प्रस्ताव पारित गरेको छ । 

प्रादेशिक स्तरको वित्तीय संस्थाको हाल चुक्तापुँजी प्रस्तावित लाभांशसहित १७ करोड ०४ लाख ३७ हजार १७८ पुगेको छ भने यो संस्थाले प्रदेश नम्बर २ का आठ जिल्लामा ४४ शाखामार्फत १ अर्व ९० करोड कर्जा लगानी र ५७ करोड बचत परिचालन गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया