काठमाडौं–इलाममा १० दिनदेखि अनशनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ ।
१६ औं अनसनका क्रममा स्वास्थ्य स्थिति गम्भीर भएपछि उपचारको लागि उनलाई शुक्रबार बिहान ३ बजे नेपाली सेनाको नाइटभिजन हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो । उनलाई अहिले टिचिङ अस्पतालको अस्पतालको आइसीयुमा लगेर उपचार थालिएको छ ।
डा केसीको मुटुको समस्यासहित स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौं ल्याइएको उनका सहयोगी डा अभिशेकराज सिंहले बताए ।
डा केसीलाई एम्बुलेन्स मार्फत इमालबाट भद्रपुर र त्यहाँबाट नाइटभिजन हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।
प्रतिक्रिया