ग्रीनलाईफ हाइड्रोपावरले माघ २१ गते डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं-ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले माघ २१ गते साधारण सभा डाकेको छ । आम्रपाली ब्याङ्केट, बालुवाटार, काठमाडौँमा १२ औँ वार्षिक साधारण सभा डाकेको हो ।

बिहान ११ बजे शुरु हुने सो सभामा भर्चुअल माध्यमबाट पनि सहभागि हुन सक्ने व्यवस्था गरेको छ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहको तर्फबाट ५ जना तथा सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ ९ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार माघ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

४ बर्ष अगाडि

प्रतिक्रिया