काठमाडौं - महालक्ष्मी लाइफ इन्सुरेन्सले माघ २७ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
कोरोना भाइरस संक्रमणका कारण सभा भर्चुअल माध्यमबाट हुनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि रहेको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
आईपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया