बैंकिङ कसुर मुद्दामा ४० लाख बिगो ठहरपछि फरार अभियुक्त पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - बैंकिङ कसुर मुद्दाका फरार एक जना पक्राउ परेका छन् । 

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले उच्च अदालतले रु ४० लाख बिगो ठहर हुने फैसला गरेपछि फरार खोटाङ कपिलासगढी गाउँपालिका–९ वर्तन घर भई हाल जोरपाटी बस्दै आएका ३२ वर्षीय प्रकाश राईलाई पक्राउ गरेको हो ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत कात्तिक १० गते पक्राउ पुर्जी जारी गरे पनि उनी फरार रहँदै आएका थिए । उनलाई काठमाडौँको जोरपाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया