सिभिल बैंकले आज लाभांश पारित गर्ने, पुस १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउने

४ बर्ष अगाडि

काठमाडौं - सिभिल बैंकको ११औं वार्षिक साधारण सभा आज हुँदै छ । सभा बिहान ११ बजे आम्रपाली ब्याकेंट बालुवाटार काठमाडौमा भर्चुअल माध्यमबाट सुरु हुने बैंकले जनाएको छ । 

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया