नबिल बैंकले एनबी बैंकलाई गाभ्ने सम्झौतामा हस्ताक्षर

४ बर्ष अगाडि

काठमाडौं - नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई एक्विजेशन गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतामा दुबै पक्षले हस्ताक्षर गरेका छन् ।

नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्ने विषयमा विगत केही हप्तादेखि बाक्लो छलफल भइरहेको थियो । एनबी बैंकको सञ्चालक समिति बैठकले नबिल बैंकसँग एक्विजिसनमा जाने विषय पारित गरिसकेको छ । 

साथै  नबिल बैंकले पनि सो विषयलाई पारित गरिसकेको छ । एक्विजेशनपछि बैंकले नबिल बैंककै नाममा कारोबार गर्नेछ । एनबी बैंकको एक सय कित्ता बराबर ४३ कित्ता हुने गरेर स्वाप रेसियो निर्धारण गरिएको छ । सम्पत्ति र दायित्वको मूल्यांकन९डीडीए० रिपोर्टमा १० प्रतिशत तलमाथि भएमा पनि त्यही स्वाप अनुपात कायम गर्ने सहमति भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया