डा केसीको स्वास्थ्य अवस्था गम्भीर, काठमाडौं ल्याइँदै

७ बर्ष अगाडि

काठमाडौं–इलाममा ९ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था  जटिल बन्दै गएपछि उपचारका लागि आजै राती काठमाडौं ल्याइने भएको छ । त्यसका लागि केसी र उनका उनका सहयोगीले सहमति जनाएका छन् । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा इलाम  गएको सरकारी चिकित्सक टोलीको आग्रहमा उनी काठमाडौं आउन राजी भएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।
 उनलाई भद्रपुरसम्म एम्बुलेन्स र त्यहाँबाट नाइट भिजन हेलिकप्टर मार्फत काठमाडौं ल्याउन लागिएको बताइएको छ । 
चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै केसी १६ औं अनसनमा बसेका हुन् । केसीको मागका सम्बन्धमा पटक पटक सम्झौत भएपनि कार्यान्वयन भने हुन सकेको छैन । 

७ बर्ष अगाडि

प्रतिक्रिया