सोबेन अध्यक्ष पदमा १५ जनाको आवेदन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्ड ९सोबेन० को अध्यक्ष पदका लागि १५ जनाले आवेदन दिएका छन् । 

यसअघिको आवेदन रद्ध गरेर पुन आवेदन माग गरेमा १५ जनाले आवेदन दिएका हुन् । बोर्ड अध्यक्ष नियुक्तिका लागि बनेको सिफरिस समितिले गत कात्तिक ११ गते आवेदन माग गरेको थियो । उक्त सूचना अनुसार १२ जनाले आगवेदन दिएका थिए । 

तर, मन्त्रीस्तरीय सिफारिस समिति गठन भएको र त्यसले वैधानिकता नपाउने कारण देखाएर मन्त्रिपरिषद्बाट सिफारिस समिति गठन गर्न भन्दै त्यसलाई खारेज गरेर पुनस् पुस १५ गते अर्को समितिले सूचना प्रकाशित गर्दै आवेदन माग गरेको थियो ।

आवेदन दिनेमा बोर्डमा डा गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरन्जिवी चापागाई, डा नवराज अधिकारी अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा । जीवन अंगाई, रमेश कुमार हमाल, सिताराम थपलिया, डा। केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरि र हेमन्त बस्याल रहेका छन् ।

बोर्ड अध्यक्ष सिफारिस समिति योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यमा जीवनाथ धिताल रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया