काठमाडौ-प्रभु क्यापिटल लिमिटेड विशाल बजार कम्पनी लिमिटेडको शेयर रजिस्ट्रारमा नियुक्त भएको छ।
शेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि विशाल बजार कम्पनी र प्रभु क्यापिटलबीच सम्झौता भएको हो। सम्झौतामा विशाल बजार कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक गगनबहादुर बी.के.ले र प्रभु क्यापिटलका तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका छन्।
२०७८ माघ १ गतेदेखि लागू हुने गरी विशाल बजार कम्पनीले प्रभु क्यापिटललाई शेयर रजिस्ट्रारमा नियुक्त गरेको हो। शेयर राजिस्ट्रारका रुपमा प्रभु क्यापिटलले विशाल बजार कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ।
प्रतिक्रिया