राष्ट्रिय वाणिज्य बैंकको ३३ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी १३ अर्ब ९४ करोड पुग्यो

४ बर्ष अगाडि

काठमाडौं, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। 

साधारणसभाले ३३ प्रतिशत लाभांश (नगद ३ प्रतिशत र बोनस सेयर ३० प्रतिशत) सहितको आ.व.२०७७÷७८ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ। 

साधरणसभाले चुक्तापुँजीको ३ प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैंया नगद र ३० प्रतिशतले हुन आउने दुई अर्ब २७ करोड रुपैंया बरावरको बोनस शेयर शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको छ। यसपछि बैंकको कूल चुक्ता पुँजी १३ अर्ब ९४ करोड रुपैयाँ हुनेछ। 

यसका साथै साधारणसभाले बैंकको अधिकृत पुँजी ३० अर्ब रुपैंया कायम गर्ने प्रस्ताव पारित गरेको छ।

कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै भौतिक तथा भर्चुअल माध्यमबाट शेयरधनीहरुको साधारण सभामा उपस्थिति थियो।

बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया