काठमाडौं, बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा प्रवाह गर्ने मार्जिन कर्जा १ खर्ब रुपैयाँमा झरेको छ। गत आर्थिक वर्षको अन्तिमसम्ममा १ खर्ब ६ अर्ब रुपैयाँ पुगेको मार्जिन कर्जा ५ अर्ब ६५ करोड रुपैयाँले घटेर मंसिरसम्ममा १ खर्ब ६ करोड ३३ लाख रुपैयाँमा पुगेको हो ।
चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको मार्जिन कर्जा १ खर्ब ८ अर्बसम्म पुगेको थियो।
पाँच महिनामा १ करोड रुपैयाँभन्दा माथिका कर्जा ९ अर्ब ६३ करोड रुपैयाँले झरेको छ भने ५० लाख देखि १ करोड रुपैयाँसम्मको कर्जा १ खर्ब २६ अर्ब रुपैयाँले बढेको छ। यस्तै २५ लाखदेखि ५० लाख सम्ममो मार्जिन कर्जा १ खर्ब ३४ अर्ब रुपैयाँले बढेको छ भने २५ लाख रुपैयाँभन्दा कम रकमको मार्जिन कर्जा १ खर्ब ३७ अर्ब रुपैयाँले बढेको छ।
केन्द्रिय बैंकले मार्जिन कर्जामा सीमा तोकेपछि एउटै बैंकमा ४ करोड रुपैयाँभन्दा धेरै कर्जा लिएका ऋणीले कर्जा घटाउनु पर्ने छ।
प्रतिक्रिया