नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ४० औँ वार्षिक साधारणसभा कर्मचारीहरुले बहिष्कार गरेका छन् ।
कुनै समय रु. १ करोड पुँजीबाट सुरु भएको नेप्सेको आजको वार्षिक साधारणसभाबाट ६० करोड रुपैयाँको पुँजीलाई बढाएर १ अर्ब रुपैयाँ पुर्याएको छ।
सभाले नेप्सेले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट प्रस्ताव गरेको कुल १६६.६७ प्रतिशत लाभांश (६६.६७ प्रतिशत बोनस शेयर र १०० प्रतिशत नगद लाभांश) वितरण प्रस्ताव पारित गरेको छ। तर, कर्मचारीहरु भने आफूले गत वर्षको नाफाबाट मागेको ५ प्रतिशत बोनस शेयर नपाउँदा रुष्ट बनेका छन्। सोही कारणले उनीहरुले नेप्सेको वार्षिक साधारणसभा बहिष्कार गरेका हुन् ।
कर्मचारीलाई दिने भनेको बोनस शेयरमै चित्त नबुझेर आफूहरु वार्षिक साधारणसभा कार्यक्रममा सहभागी नभएको जनाएका छन् । ‘हामीले ५ प्रतिशत शेयर मागेका थियौँ तर १ प्रतिशतमात्रै दिने भनिएको छ’, कर्मचारीले भने, ‘यसैमा चित्त नबुझेर हामीले कार्यक्रम बहिष्कार गरेका हौँ।’
नेप्सेमा नेपाल सरकारको ५८.६६ प्रतिशत हिस्सा छ। त्यस्तै नेपाल राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१२ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत र अन्यको ०.६२ प्रतिशत हिस्सा रहेको छ।
प्रतिक्रिया