काठमाडौं- श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडको २७ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
काठमाण्डौको डिल्लीबजारस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सम्पन्न वार्षिक साधारणसभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समीक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप रु. ६ अर्ब २४ करोड र कर्जा सापट रु. ४ अर्ब ५८ करोड पुगेको तथा सम्पूर्ण कारोबारपछिको कम्पनीको खुद मुनाफा (बोनस तथा कर व्यवस्थापछि) रु. ११ करोड ४५ लाख भएको जानकारी गराए।
साधारणसभाले हाल कायम रहेको चुँक्तापुँजीको ११ प्रतिशत लाभांश वितरण (बोनस शेयर ७.७० प्रतिशत तथा नगद लाभांश ३.३० प्रतिशत) सम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ। बोनस अनुमोदनपश्चात कम्पनीको जारी तथा चुक्ता पुँजी रु। ९५ करोड ८६ लाख ७५ हजार पुगेकोे छ।
प्रतिक्रिया