बीमा अभिकर्ता संख्या ७ लाख ६८ हजार पुग्यो, सबैभन्दा धेरै बाग्मती प्रदेशमा

४ बर्ष अगाडि

काठमाडौं, जीवन बीमा कम्पनीहरुमा बीमा अभिकर्ताको कुल संख्या साढे सात लाख पुगेको छ ।१९ वटा जीवन बीमा कम्पनीमध्ये आफूले कम्पनी रोजेर काम गर्न उनीहरुले बीमा समितिबाट बीमा अभिकर्ताको लाईसेन्स लिएका छन् । बीमा अभिकर्ताको संख्या ठूलो भएपनि नविकरण गराउनेको संख्या भने निकै न्यून रहेको देखिएको छ । हाल संचालनमा रहेका ७ लाख ६८ हजार ४ सय २६ रहेका अभिकर्ताहरुले ७ वटै प्रदेशबाट बीमा सेवा प्रदान गर्दै आईरहेका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार बीमा अभिकर्ताहरुको सङख्या सबैभन्दा धेरै वाग्मती प्रदेशमा रहेको छ । बाग्मती प्रदेशमा २ लाख ३३ हजार १ सय २ जना अभिकर्ताहरुले बीमा सेवा प्रवाह गरिरहेका छन् ।

दास्रोमा लुम्बिनी प्रदेशमा रहेको छ । लुम्बिनी प्रदेशमा १ लाख ३१ हजार अभिकर्ताहरुले बीमा सेवा प्रदान गर्दै आईरहेका छन् ।तेस्रोमा प्रदेश नम्बर १ रहेको छ । प्रदेश नम्बर १मा १ लाख २२ हजार जना अभिकर्ताहरु आवद्ध छन् ।

प्रदेश नम्बर २ मा १ लाख १ हजार, गण्डकी प्रदेशमा ७२ हजार ८९७, सुदुरश्चिम प्रदेशमा ६८ लाख ५५१, कर्णाली प्रदेशमा ३७ हजार ५०६ अभिकर्ताहरुले विभिन्न बीमा कम्पनीमा आवद्ध रहेर बीमा सेवा प्रवाह गर्दै आईरहेका छन् ।

बीमा अभिकर्ताहरूले हरेक वर्षको चैत मसान्तभित्र इजाजतपत्रको नवीकरण गरिसक्नुपर्ने हुन्छ । उक्त अवधिमा इजाजतपत्र नवीकरण नगरेमा असोज मसान्तभित्र तोकिएको दस्तुर तिरेर इजाजतपत्र नवीकरण गर्न सकिन्छ । यदि, असोज मसान्तसम्ममा पनि नवीकरण गरिएन भने इजाजतपत्र स्वतः खारेज हुने व्यवस्था छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया