अन्तिम दिन शेयर बजारमा पुन : उछाल, कारोबार रकम भने घट्यो

४ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबार दिन (बिहीबार) शेयर बजारमा फेरी हरियाली छाएको छ ।  

आज नेपाल स्टक एक्सचेञ्जका (नेप्से) परिसूचक ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा पुगेको छ । नेप्से १.९३ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ८.९४ अंकले बढेर ५३०.८३ विन्दुमा पुगेको छ । 

कारोबारमा आएका कूल २२४ वटा कम्पनीको एक करोड १८ लाख ३४ हजार २ सय १६ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५ सय ६८ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहको शेयर बढेको छ । सबैभन्दा धेरै हाइड्रोपावर उपसमूह ४.९ प्रतिशतले बढेको छ ।

बिहीबार अपर तामाकोशी कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३४ करोड ३१ लाख ४३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

आज मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर ३ सय ७९ रूपैयाँ २० पैसा पुगेको छ । 

यस दिन एनबिएल डिबेञ्चर ८५ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य २.०३ प्रतिशतले घटेर ९ सय एक रूपैयाँ ३० पैसामा झरेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया