पर्वत- कुश्मा नगरपालिका-१ मालढुङ्गास्थित सडकमा बेनिबाट नारायणगढतर्फ जाँदै गरेको ग.१ ख ६१०८ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको छ ।
बसमा सवार ३७ जना यात्रुहरु मध्ये म्याग्दी पाखापानी-२ म्याग्दी बस्ने २१ वर्षीय राजेश पुन, पर्बत जलजला गाउँपालिका- ७ बस्ने अन्दाजी ५५ वर्षीया अमिसरा पुन र हाल नाम, थर, वतन नखुलेका पुरुषको घटनास्थलमै तथा दुर्घटनामा घाइते भएका पर्बत जलजला गाउँपालिका-८ बस्ने ४० वर्षीया सेती परीयार, ५० वर्षीय टिके परीयार, बागलुङ नगरपालिका-४ कुडुले बस्ने ४८ वर्षीय शान्ती केसी र पर्बत जलजला गाउँपालिका-७ बस्ने २२ वर्षीय जिवन विकको जिल्ला अस्पताल बाग्लुङमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका चालक सहित अन्य ३२ जनामध्ये २२ जनाको मणिपाल अस्पताल पोखरा, ७ जनाको छाउनी अस्पताल काठमाडौं, २ जनाको ग्रान्डी अस्पताल काठमान्डौ र १ जनाको अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ ।
छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले उद्दार कार्य एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया