काठमाडौं - कोरोना सक्रमण बढेसँगै सेञ्चुरी कमर्सियल बैंकको शुक्रवार हुने साधारण सभामा शेयरधनीलाई भर्चुअल माध्यमबाट सहभागी हुन अनुरोध गरेको छ ।
कम्पनीले शुक्रवार आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे भर्चुअल माध्यमबाट साधारण सभा शुरु गर्ने जानकारी दिएको छ । सभाले ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
प्रतिक्रिया