काठमाडौं - कृषि विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय तालिम प्रतिष्ठान बोर्ड भक्तपुरमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिकको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ । नेपाल सरकारको अग्राधिकार शेयरको लागि ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत उक्त सभाले पारित गरेको हो ।
प्रतिक्रिया