काठमाडौं, हिमालयन डिष्टिलरी लिमिटेडको वार्षिक साधारण सभा शतप्रतिशत लाभांश पारित गर्दै सम्पन्न भएको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको २१ करोड १२ लाख नाफा कमाएको छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाएका छन् ।
प्रतिक्रिया