काठमाडौं-मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई अत्यन्त लाभदायी ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा ल्याएको छ।
बैंकले बचत खाता तथा मुद्दति खाताको विशेषताहरुलाई समेटेर मुक्तिनाथ क्रमिक बचत खाता सञ्चालनमा ल्याएको हो। उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम, न्यूनत्तम १ वर्षदेखि १० वर्ष अवधिसम्मका लागि जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत मुद्दति खातामा पाइनेबराबरको नै ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
यसका साथै त्रैमासिक रुपमा प्राप्त ब्याज पुनः सोही खातामै जम्मा हुने र सोमा समेत मुद्दतिकै ब्याज प्रदान गर्ने भएको ग्राहकलाई उच्चत्तम लाभ हुने बैंकले जनाएको छ। यस खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दनीको केही अंश खर्च नगरी बचत गर्न चाहने ग्राहकलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ।
प्रतिक्रिया