प्रि ओपन सेसन : ५.१७ अंकले बढ्यो नेप्से

४ बर्ष अगाडि

काठमाडौं - आज साताको अन्तिम कारोबारको दिन विहिबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.१७ अंक बढेको छ ।

अघिल्लो कारोबार (बुधबार) ३०.५१ अंक घटेर २८०३.६२ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ५.१७ अंक बढेर २८०८.८० विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३५ अंक बढेको छ ।

आज प्रि ओपन सेसनमा १४ कम्पनीको ४८ लाख ७७ हजार २८३ रुपैयाँ बराबरको १० हजार ७६६ कित्ता शेयर खरिदबिक्री भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया