बैंकरको क्षतिपूर्ति राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई मात्रै बिक्री गर्न सकिने

४ बर्ष अगाडि

काठमाडौं - बीमा समितिले बैंकरको क्षतिपूर्ति नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई मात्रै बिक्री गर्न सकिने जनाएको छ ।

समितिले निर्जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै बैंकरको क्षतिपूर्ति बीमालेख सम्बन्धी थप स्पष्ट पारेको हो । समितिले सहकारी तथा अन्य संस्थालाई बैंकरको क्षतिपूर्ती बीमालेख बिक्री गर्न नसकिने स्पष्ट पारेको छ ।

बीमा समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरुले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई मात्रै उक्त बीमालेख बिक्री गर्न सक्नेछन् ।

राष्ट्र बैंकबाट इजाजतपत्र बाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त वित्तीय संस्थाहरुलाई मात्रै बैंकरको क्षतिपूर्ति बीमालेख बिक्री गर्न पाउने समितिले जानकारी दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया