काठमाडौं - नेपाली र भारतीय नक्कली नोटसहित २ जना पक्राउ परेका छन् ।
सदरमुकाम परासीका केहि पसलमा नक्कली नोट सटही गरेको भन्ने सूचनाको आधारमा बुधबार जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ बस्ने रसिद मोहम्मद र कपिलवस्तु शुद्धोदन गाउँपालिका वडा नं. २ नन्दपुर बस्ने जमाल मुसलमान रहेका छन् ।
उनीहरुलाई रामग्राम नगरपालिका वडा नं। ५ बद्धचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको साथबाट नेपाली १ हजारको २५ थान, भारतीय १ सयको ३ थान र भारतीय ५० को १७ थान नक्कली नोट बरामद गरिएको छ ।
प्रतिक्रिया