प्रिमियर इन्स्योरेन्सद्धारा लाभांश परिमार्जन, बुकक्लोज माघ ५ गतेदेखि २१ सम्म

४ बर्ष अगाडि

काठमाडौं - प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश परिमार्जन गरेको छ । बिमा समितीले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा पूर्णरूपमा (कर प्रयोजन बाहेक) लगाएपछि कम्पनीको लाभांश परिवर्तन भएको हो ।   

कम्पनीले यसअघि नै गत आवको नाफाबाट ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो । तर अब कम्पनीले बिमा समितीको निर्देशन पछि गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ० गरी १५ प्रतिशत नै लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । 

उक्त परिमार्जन लाभांश पारित गर्न कम्पनीले २८औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पौष २८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १३औँ वार्षिक साधारण सभा माघ २१ गते शुक्रबार प्रिमियर भवन नक्साल काठमांडौमा भर्चुअल माध्यामबाट बिहान ११ बजे सुरु हुने छ ।

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले ५ माघ देखि २१ गतेसम्म बुक क्लोज गर्नेछ । यसअनुसार ४ माघसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया