बुक बिल्डिङ बिधिबाट आईपिओ निष्काशन गदैं अर्घखाँची सिमेन्ट, बोलायो साधारण सभा

४ बर्ष अगाडि

काठमाडौं - अर्घखाँची सिमेन्ट लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको पौष १२ गते बसेको सञ्चालक समितीको निर्णय अनुसार कम्पनीको २३औँ बार्षिक साधारणसभा माघ ५ गते अर्घखाँची सिमेन्ट लिमिटेडको कार्यलय थापाथली, काठमांडौमा बिहान ११ बजेबा हुने भएको हो । 

सभामा कम्पनीले बुक बिल्डिङ बिधिबाट आईपिओ निष्काशनको प्रस्ताव पारित गर्ने छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम धितो पत्रको प्रारम्भिक सार्वजनिक निष्काशन बुक विल्डिा विधिबाट गर्ने र सोहि अनुसार अधिकृत पूँजी, जारी तथा चुक्ता पूँजी परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल सँगै आ.व. २०७७/०७८ को लेखापरिक्षणको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु माथि छलफल गरी पारित गर्नेछ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया