काठमाडौं - गत आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुले आफ्ना अभिकर्ताहरुलाई करिव साढे ३ अर्ब रुपैयाँ लगानी गरेका छन् ।
बीमा समितिको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४० करोड ४५ लाख रुपैयाँ अभिकर्तालाई कर्जा प्रवाह गरेका छन् ।
अभिकर्तालाई सबै भन्दा धेरै कर्जा प्रवाह गर्नेमा एलआईसी नेपाल रहेको छ । एलआईसी नेपालले गत आर्थिक वर्षको अन्त्यसम्ममा एक अर्ब ६ करोड रुपैयाँ अभिकर्तालाई कर्जा दिएको छ । यस्तै नेपाल लाइफले पनि एक अर्ब २ करोड रुपैयाँ कर्जा दिएको छ ।
अभिकर्तालाई सबै भन्दा कम कर्जा दिनेमा भने राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थाले गत आर्थिक वर्षको अन्त्यसम्ममा अभिकर्तालाई ७ लाख ८० करोड रपैयाँ मात्रै कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया