काठमाडौं - एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पौष २८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १३ औँ वार्षिक साधारण सभा माघ २१ गते शुक्रबार होटल दियालो लर्डस प्लाजा, आदर्शनगर बिरगन्जमा बिहान ११ः३० बजेबाट सुरु हुने भएको छ ।
उक्त सभामा कम्पनीले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।
लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले १२ माघमा बुक क्लोज गर्नेछ । यसअनुसार ११ माघसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।
प्रतिक्रिया